३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १४ : ५४
३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने जानकारी दिँदै उनले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको जनाए ।

खोप व्यवस्थापन गर्न नसकिएकाले कक्षा १२ को परीक्षा पोस्टपोन्ड गर्नुपरेको बताउँदै राज्यमन्त्री श्रेष्ठले जसको कारण अहिलेको स्थितीमा जाँच दिन सक्ने अवस्था नरहेको बताए ।

आन्तरिक मूल्यांकनको आधारमा परीक्षा संचालन गर्ने बारे सरकारले सोचिरहेको उनको भनाई छ । केही दिनमै मेलम्ची लगायतका बाढी प्रभावित ठाउँका बासिन्दालाई खोप लगाउने सुनिश्चितता गर्ने उनको भनाई छ ।

मुलुकका ७७ वटै जिल्ला र काठमाडौंका १० खोप केन्द्रबाट क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस