गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १४ : ४२
गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

कास्की । माछापुच्छ्रे गाउँपालिका-२ कस्केरीस्थित हाईमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय कुल बहादुर बिक लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त फर्ममा गोरु काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस