नयाँ दिल्ली । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ७९० जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ५४ हजार ५ सय ८४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार ३२७ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५ सय ४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ३ सय ८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ साउन २०७८, १३ : ५१
लेखकबाट थप