राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो : अध्यक्ष थापा

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : १९
राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो : अध्यक्ष थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार भएको बताएका छन् ।

उनले ट्वीट गर्दै अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्ने भनेका छन् । साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन भन्ने उनले ठोकुवापनि गरेका छन्।

अध्यक्ष थापाको ट्वीटः साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन। अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्छ।निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो ।

प्रतिक्रिया दिनुहोस