नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड,सत्ता गठबन्धनको रणनीतिबारे छलफल

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : ११
नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड,सत्ता गठबन्धनको रणनीतिबारे छलफल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन्। केहीबेरअघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।

प्रचण्ड संलग्न गठबन्धनको सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा नेपाल पक्षले ठोस निर्णय निकाल्न नसकेका बेला प्रचण्ड नेपाल निवास पुगेका हुन्। नेपाल गठबन्धनबाट अझै छुट्टिएका छैनन्।

पछिल्लो गठबन्धनको बैठकमा उनले आफ्नोतर्फबाट प्रतिनिधिका रुपमा डा. विजय पौडेललाई पठाएका थिए। शनिबार मात्रै नेपाल र उनीसँग वारपारको लडाईंमा रहेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दोस्रो तहका १२ जनाले सिंहदरबारमा पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गरेका थिए।

तर नेपाल र ओलीबीचको वार्ता नभएसम्म पार्टी एकता कठिन हुने उनीहरुको निष्कर्ष थियो। ओली र नेपालबीचको वार्ताका लागि आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धतासहित उनीहरु छट्एिका थिए। यता ओलीले नेपाल पक्षको सहमति बिना भोलि फेरि स्थायी कमिटी बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस