शशांक, शेखर र सुजाता ‘लञ्च मिटिङ’मा, कोइराला परिवार मिलाउने प्रयास

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १३ : २६
शशांक, शेखर र सुजाता ‘लञ्च मिटिङ’मा, कोइराला परिवार मिलाउने प्रयास

काठमाडौं । कांग्रेस महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीको संस्थापक कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ । सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालासहित शेखर कोइराला र सुजाता कोइराला आज पनि लञ्च मिटिङमा जुटेका छन् ।

शशांकनिवास महाराजगन्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भइरहेको छ । विपी पुत्र सशांक, गिरिजापुत्री सुजाता र नोना पुत्र शेखर तीनैजनाले सभापतिको दावी गरिरहेका छन् ।

कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयत्न जारी रहेको छ । यद्यपि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सुजाताले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने इच्छा देखाएको कांग्रेस वृत्तमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस