राष्ट्रिय जनमोर्चाले देउवा नेतृत्वको सरकालाई विश्वासको मत दिने

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १२ : ५५
राष्ट्रिय जनमोर्चाले देउवा नेतृत्वको सरकालाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय जनामोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले नवगठित देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, नवगठित देउवा नेतृत्वको सरकारप्रति पार्टीको नीति, पुनस्र्थापित प्रतिनिधिसभाको स्थायित्व र निरन्तरता, पुनस्र्थापित संसदका विरुद्ध हुन सक्ने सम्भावित प्रतिगामी षड्यन्त्रबिरुद्ध लड्न ५ दलिय गठबन्धनसँग मिलेर अघि बढ्ने निर्णय भएको बिज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय जनमोर्चाले संसद विघट बदर गर्ने गरेको फैसला गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलास तथा संसदको पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमदेश जारी गर्ने पक्षमा बहस पैरवी गर्ने सम्पूर्ण कानुन व्यवसायीहरुलाई धन्यवाद समेत गरेको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि अझै षड्यनत्र गर्न सक्ने हुनाले यसप्रति सचेत हुने पनि आग्रह गरेको छ । उसले गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताको रक्षाको आन्दोलनमा ध्यान केन्द्रीत हुनुु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस