कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, ११ : ३२
कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

file-photo

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक डाकेका हुन्।

बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा आसन्न महाधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्।यसअघि बिहीबार बस्ने भनिएको बैठक देउवा व्यस्त भएपछि आजलाई सारिएको थियो। बैठकको समय तय भए पनि स्थान तय भएको थिएन ।

देउवा आज मात्रै बालुवाटार सरेपछि पार्टीको पदाधिकारी बैठक पनि उतै बोलाइएको हो। यसअघि पार्टीका गतिविधि प्रधानमन्त्रीको सरकारी निवासमा सञ्चालन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आलोचना हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस