प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, ०८ : १५
प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । आज साउने संक्रान्ति दिन पनि राम्रो भएकाले प्रधामन्त्री देउवा बालुवाटार सर्न लागेको सचिवालय निकट एक नेताले बताए । 

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएलगत्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित निजी निवासमा सरेका थिए ।

प्रतिक्रिया दिनुहोस