भन्सार कार्यालयहरुमा कडा निगरानी राखिन्छ : अर्थमन्त्री खतिवडा

विहीबार, २९ चैत्र २०७४, १३ : १५
भन्सार कार्यालयहरुमा कडा निगरानी राखिन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार कार्यालयहरुमा कडा निगरानी राख्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले  भन्सार कार्यालयलाई पारदर्शी बनाउन सहयोग गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गरे ।
विहिबार काठमाडौंमा उद्योगी, व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भन्सार जाँचमा हेल्चक्र्याई भएकै कारण कालोबजारी हुने गरेको स्मरण गराए । ‘भन्सार विन्दुहरुमा देखिएका समस्या छिट्टै समाधान हुन्छ’खतिवडाको आश्वासन थियो ।
भन्सार कार्यालयहरुको सेवालाई सहज बनाउन उच्चस्तरीय अनुगमनको कामलाई तीव्रता दिने मन्त्री खतिवडाले बताए ।
त्यसअवसरमा अर्थमन्त्री खतिवडाले भन्सार नाकाको कार्यलाई सहज बनाउन सरकारले उचित सुरक्षाको व्यवस्था गर्न लागेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस