देउवालाई भेट्न बुढानिलकण्ठ पुगे माओवादी अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १२ : ११
देउवालाई भेट्न बुढानिलकण्ठ पुगे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ गएका छन् ।

सरकारमा हुने सहभागितालाई लिएर छलफलका लागि प्रचण्ड देउवालाई भेट्न गएका हुन् । स्थायी कमिटिमा बैठकमा सदस्यहरुको सुझावसहित प्रचण्ड देउवासँगको भेटका लागि गएका हुन् ।

माओवादीको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको परिस्थितिबारे छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस