नेपाल-भारत रेल सेवा संशोधित सम्झौतामा हस्ताक्षर

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १८ : ४३
नेपाल-भारत रेल सेवा संशोधित सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल-भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएको छ । योसँगै वीरगंजमा आधारित भएर हुने आयात निर्यात व्यापार देशको अन्य सीमावर्ती शहरमा पुग्ने भएको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संसोधन सम्झौतामा हस्ताक्षर गरेका छन् । संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ ।

यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगंज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सिमावर्ती शहरमा पनि आयात-निर्यात व्यापारमा सहज हुनसक्ने सुविधा रहेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए ।

संशोधित सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनररवागनहरू नेपाललक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाललक्षित ढुवानी गर्न गराउन सकिने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस