विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १५ : १९
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस