गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ ।
प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए ।
आजको नयाँ पत्रिकामा खबर छ ।
विस्फोटका शृंखला
१५ मंसिर : बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।
१४ मंसिर : गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।
१३ मंसिर : उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।
१२ मंसिर : उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।
१२ मंसिर : झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।
१२ मंसिर : दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।
२ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।
२ मंसिर : तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।
२ मंसिर : भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।
१ मंसिर : नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।
३० कात्तिक : रोल्पाको घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार ।
प्रतिक्रिया दिनुहोस