पानीको बिवादमा झडप, डेढदर्जन घाइते दुई पक्राउ

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १४ : २८
पानीको बिवादमा झडप, डेढदर्जन घाइते दुई पक्राउ

रौतहट। पानीको बिषय लिएर रौतहटको मौलापुर नगरपालिकामा भएको दोहरो झडपमा डेढदर्जन मानिस घाइते भएका छन।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा एकजना वडा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको बुझिएको छ ।
मौलापुर १ मर्यादपुरका  भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान बर्षाको पानीको निकासको बिषय लिएर बिवाद भएको थियो ।
सोही बिवाद बढदै दोहरो झडपमा परिणत भएको थियो ।
पीडित भुवाली साह सोनारका अनुसार सामान्य बिवादमा बिपक्षी हृदय नारायण यादवको पक्षमा  मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांसको लाठी,भाठा र घाँस काट्ने हतियार समेतले 
घरमा पसेर पुरुष,महिला र बालबालिका समेत लाई गम्भीर रूपमा कुटपिट गरेका थिए ।
भुवाली साह सोनार पक्षका भरत साह सोनार,नयन देवि, सुहन साह सोनार,अन्जु देविको टाउकोमा चोट लागेको छ।
त्यसैगरी श्यामा देवि,किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई चोटपटक लागेको र दुईजनाको हात भांचेको भुवाली साहले बताएका छन ।
घाइते सबैजनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ 
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुलाई थप उपचारको लागि बिरामी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस