व्यवसायिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग

सोमबार, २६ चैत्र २०७४, १४ : ३९
व्यवसायिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं l सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले चोरी, लुटपाट एवम् व्यवसायीमाथिनै सांघातिक हमला भइरहेकोतर्फ गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल उचित सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

सोमबारदेखि काठमाडौंमा सुरु हुने महासंघको ५ औं वार्षिक साधारण सभाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनोजकुमार साहले सुनचाँदीको गरगहना निर्यातका लागि सहज नीतिगत व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । साधारणसभाले सुनचाँदी व्यवसायलाई अझ बढि पारदर्शी, अनुशाशित, मर्यादित र भरपर्दो बनाउने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने साधारणसभामा देशभरका सुनचाँदी व्यवसायीहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस