काठमाडौं । रुकुम (पूर्व) का एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका १९ वर्षीया भूमीका पुनमगरलाई हेलिकोप्टरबाट उद्धार गरेर आज सुर्खेत लगिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिए ।
उहाँका अुनसार ती महिलालाई गएराति १२ बजेमात्रै मैकोट स्वास्थ्यचौकीमा पु¥याइएको थियो । सो स्वास्थ्य सस्थामा सुत्केरी गराउन जटिलता आएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हवाई उद्धार गरिएको स्वास्थ्य संयोजक गिरीले बताए ।
भरपर्दाे र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दूर्गम भेगमा गर्भवती तथा सुत्केरीले जोखिम मोल्दै आएका छन । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट पनि यहाँका महिलालाई केही राहत भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ असार २०७८, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन
बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ
डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र थप रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार
अपहरणमा परेका एक वर्षीय बालकको उद्धार
मनाङमा घर भत्किँदा एकको मृत्यु, सात जनाको सकुशल उद्धार
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन