सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १५ : १९
सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस