जसपाको उपेन्द्र यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १८ : ३३
जसपाको उपेन्द्र यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भएकाले असार ३ गतेका लागि बैठक बोलाइएको पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

पार्टीको विवादका बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति जसपा उपेन्द्र यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि आयोगको विरुद्धमा सर्वोच्चमा मुद्दा दायर गर्ने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी भएका मन्त्रीहरुलाई पनि स्पष्टिकरण सोधिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस