कैलालीमा केही खुकुलो पार्दै असार ७ गतेसम्म निषेधाज्ञा थप

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १५ : ४६
कैलालीमा केही खुकुलो पार्दै असार ७ गतेसम्म निषेधाज्ञा थप

कैलाली । कैलालीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउन असार ७ गते सम्म कायम गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले सो निषेधज्ञा असार ७ गते सम्मका लागि बढाएको हो ।

 जिल्लामा  केही मात्रामा कोरोना संक्रमणदर कम भएपनि तत्काल निषेधाज्ञा खोल्न उचित नहुने भन्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कैलालकिा सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

निषेधाज्ञा अवधिभर बिहान ६ देखि ११ बजे सम्म खाद्यान्न,तरकारी दुग्ध डेरी मासु पसल किराना पसल, डिपार्टमेन्टल स्टोर खोल्न पाइने छ । यस्तै बैंकका सेवाहरु बिहान ८ देखि १२ बजेसम्म संचालन हुने प्रशासनले जनाएको छ । 

यसैगरी वर्कशपहरु बढीमा ३ जना कामदार राखेर बिहान ८ बजे देखि साँझ ६ बजेसम्म काम गर्न पाइने, बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेस्टुरेन्टले होम डेलिभरी गर्न पाइने सुचना अधिकारी जोशीले बताए । उनले पाठयपुस्तक तथा स्टेसनरीका सामान बेच्ने पसल खोल्न पाइने बताए । यस्तै उद्योगधन्दा तथा कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ बोकेका सवारी साधन चलाउन पाउने पनि बताए । कैलालीमा निषेधाज्ञा थपिएको यो ८ औ पटक हो ।

प्रतिक्रिया दिनुहोस