माधव र ओली पक्ष मिलेर वागमतीको नीति तथा कार्यक्रम पारित

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १४ : ३३
माधव र ओली पक्ष मिलेर वागमतीको नीति तथा कार्यक्रम पारित

हेटौंडा । माधव नेपाल र केपी ओली पक्ष मिलेर बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । बहुमतले आर्थिक वर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत समर्थन जनाएपछि बहुमतले पारित भएको थियो। 

नीति तथा कार्यक्रम पारित गराउन आज बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले सांसदहरुलाई निर्देशन दिएका थिए। राप्रपा तटस्थ बसेको थियो भने अन्य पार्टीहरुले समर्थन जनाएनन् । 

प्रतिक्रिया दिनुहोस