जनता बैंक नेपाल लिमिटेड ९औं वर्षमा प्रवेश

शुक्रबार, २३ चैत्र २०७४, १६ : ५६
जनता बैंक नेपाल लिमिटेड ९औं वर्षमा प्रवेश

आज शुक्रबारबाट जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ । यस अबसरमा बैकले ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ । नवौं बर्ष प्रबेशको शुभ–अवसरमा बैकले समाज प्रतिको दायित्व पुरा गर्न विविध कार्यक्रमहरु आयोजना गरेको छ । बैकले आयोजना गरेको कार्यक्रमहरु निम्न छन् ।
 

१. प्रभातफेरी : ९औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुले पनि सम्पन्न गरेका छन् ।
 

२. निःशुल्क स्वास्थ्य सिविर : देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको छ ।  यसै लक्षलाई अवलम्बन गर्दै ९औं बर्ष प्रवेशको अवसरमा मिति २०७४/१२/२३ मा चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरियो । उक्त स्वास्थ्य शिविरमा करीव ५०० भन्दा बढी जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणका लागि सहभागि भएका छन् । सो मध्ये आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको छ । उक्त सिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी नयाँ बानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगडी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएकोछ उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।


 यसै अवसरमा २०७४/१२/२४ गते शनिबार नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन सम्बन्धी निःशुल्क परिक्षण आयोजना गरीएकोछ ।

३. रक्तदान कार्यक्रम : रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम राखिएको थियो ।

४. सहयोग : सोही अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५,००० नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिव रु. १० हजारको खाद्यान्न वितरण गरिएको छ ।

५. छात्रवृत्ति : जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।  यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई रु. २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको छ ।
बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै रु. ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्व कर्जा प्रबाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस