काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुईरदुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो ।
आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताए । उनले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमीमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।
काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरूलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए । कोभिड – १९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउन समेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ जेठ २०७८, १७ : ०७
लेखकबाट थप