काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा देउवाले पनि हस्ताक्षर गरेका हुन् ।
संविधानको धारा ७६ ९५० अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।
सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले आजै दायर गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १२ : ००
लेखकबाट थप