संसद विघटनको विपक्षमा बरिष्ठ वकिलहरुले बहस गर्ने

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, ११ : ४५
संसद विघटनको विपक्षमा बरिष्ठ वकिलहरुले बहस गर्ने

काठमाडौं । संसद विघटन बदरको माग गर्दै विपक्षी गठबन्धले दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट बरिष्ठ वकिलहरुले बहस गर्ने भएका छन् । गठबन्धनका नेताहरुका अनुसार काँग्रेस नेता तथा अधिवक्ता, रमेश लेखक, एमाले नेता तथा अधिवक्ता भीम रावलले पनि बहस गर्ने भएका छन् ।

त्यस्तै काँग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् । योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, शम्भु थापा,हरिहर दाहाल र टिकाराम भट्टराई लगायतका अधिवक्ताहरुले बहस गर्ने काँग्रेस नेता रमेश लेखकले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस