भारतमा आइतबार सबैभन्दा कम संक्रमित भेटिए

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, ११ : १६
भारतमा आइतबार सबैभन्दा कम संक्रमित भेटिए

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए । यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो ।

यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख २ हजार ८३ जनाले संक्रमणलाई जितेका छन् ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ३ लाख पार भएको छ । अघिल्लो वर्ष १३ मार्चमा संक्रमणका कारण पहिलो मृत्यु भएको थियो । यसको १४ महिना १० दिनपछि मृत्युको संख्या ३ लाख भएको छ । हालसम्म कूल ३ लाख ३ हजार ७५१ जनाको यो महामारीका कारण मृत्यु भइसकेको छ ।