माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी समिति बैठक

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : ०९
माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी समिति बैठक

file-photo

काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

उनले बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् । 

दलहरुले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस