४० प्रतिशतमा खुम्चियो दुग्ध कारोबार

किसानले पाएनन् डेढ अर्ब रूपैयाँ

पत्रपत्रिकाबाट

विहीबार, ०६ जेठ २०७८, ०८ : १०
४० प्रतिशतमा खुम्चियो दुग्ध कारोबार

काठमाडौँ । तंग्रिँदै गरेको दुग्ध व्यवसायलाई निषेधाज्ञाले पुनः शिथिल बनाएको छ । पहिलो चरणको लकडाउन १० महिनामा खुलेपछिका करिब ३ महिना दुग्ध पदार्थको बिक्री सामान्य जस्तै भइरहेको थियो । अहिले संकलन र खपत करिब ४० प्रतिशतमा झरेको उद्योगी व्यवसायी बताउँछन् । दूध बिक्री नभएपछि किसानलाई भुक्तानीसमेत दिइएको छैन । 

किसानले करिब ३ महिनादेखि भुक्तानी पाएका छैनन् । ‘पहिलो लकडाउन खुलेपछि बजार क्रमिक सुधार भइरहेको थियो । दोस्रो चरणको निषेधाज्ञाले दूध संकलन र वितरण ४० प्रतिशतमा सीमित भएको छ,’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, ‘बिक्री नै नहुँदा किसानलाई पैसासमेत दिन सकिएन ।’ संघका अनुसार २०७६ चैत ११ देखि कोभिडको पहिलो लहरमा लकडाउन हुँदा करिब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो । उक्त धूलो दूध र बटरको मौज्दात कायमै छ । हालको निषेधाज्ञाले मौज्दात थपिँदै गएको उद्योगीको दाबी छ ।

‘एक दूध बिक्री नहुने र अर्को मौज्दात गरिएको बटर अनि पाउडर पनि थुप्रिँदै जाने देखियो । यसले चालु पुँजी रोकिने खतरा छ,’ अध्यक्ष सापकोटाले भने, ‘यही कारणले किसानलाई समयमै भुक्तानी दिन सकेका छैनौं ।’ किसानले महिनामा दुई पटक ९१५र१५ दिनमा० भुक्तानी पाउँछन् । गत फागुनअघि पनि किसानले साढे २ देखि ३ महिनाको भुक्तानी पाएका थिएनन् । पुरानो भुक्तानी पाए पनि किसानले अहिले फेरि तीन महिनाको भुक्तानी पाउन सकेका छैनन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले पनि झन्डै तीन महिनाको भुक्तानी गरेको छैन ।

‘पसलहरू बिहान मात्रै खुले । दिनहुँ बिक्री घटेर करिब ७५ हजार लिटर दूधमा सीमित भएको छ,’ डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले भने, ‘दूध बिक्री नहुँदा किसानलाई समयमै भुक्तानी दिन सकेका छैनौं ।’ लकडाउनअघि दैनिक ३०र४० हजार लिटर पाउडर दूध घोलेर बिक्री गरिन्थ्यो । त्यो हुँदा किसानलाई थोरैथोरै भए पनि भुक्तानी गरिएको थियो । अहिले पुनः समस्या भएको डीडीसीले जनाएको छ । सामान्य अवस्थामा डीडीसीले दैनिक १ लाख ८० हजार लिटर दूध संकलन र बिक्री गर्दै आएको छ । तर अहिले दैनिक ७० हजार लिटर मात्रै संकलन गरिरहेको छ ।

पाउडर दूध ९१०६२ टन० र बटर ९४ सय २५ टन० गरी डीडीसीसँग करिब १ अर्ब रुपैयाँको मौज्दात रहेको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले बताए । ‘बिक्री नहुँदा सबै क्षेत्रबाट दूध संकलन गर्न सकिएको छैन । किसानलाई माघदेखि भुक्तानी पनि दिन सकेका छैनौं,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस