ओलीलाई अलोकतान्त्रिक कामबाट रोक्न सांसदहरुले राजीनामा दिनुपर्छ : रावल

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १८ : २६
ओलीलाई अलोकतान्त्रिक कामबाट रोक्न सांसदहरुले राजीनामा दिनुपर्छ : रावल

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेता भीम रावल राजीनामाको पक्षमा उभिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलोकतान्त्रिक काम गर्नबाट रोक्न आफू पक्षीय सांसदहरुले राजीनामा गर्नुपर्ने बताएका छन्।

उनले बुधबार सामाजिक सञ्चालमा  भनेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

प्रतिक्रिया दिनुहोस