म सरकार निर्माणबारेको कुनै गठबन्धनमा छैन : सांसद थापा

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १६ : १९
म सरकार निर्माणबारेको कुनै गठबन्धनमा छैन : सांसद थापा

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण बहादुर थापाले आफू सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको दावी गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफू पार्टीको कामकै सिलसिलामा बागलुङमा रहेको उल्लेख गर्दै पार्टीले गरेको कारबाहीप्रति आक्रोश पोखेका छन् ।

‘मलाई संसदीय दलको नेताबाट हटाउने र कारबाही समेत गर्ने भन्ने हल्ला चलाइएकोमा मेरो ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘म पार्टीको कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर संवैधानिक, गैरकानुनी रुपमा कीर्ते, जालसाजी समेत गरी कारबाही गर्ने एवम् दलको नेताबाट वैधानिकता नदिनु हुन अनुरोध गर्दछु । म हालको सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको व्यहोरा अनुरोध गर्दछु ।

यसअघि पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई संसदीय दलको नेताको नेताबाट हटाएको थियो । महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको बताइएको छ । 

जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस