अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन पूर्वमन्त्री शर्माको सरकारसँग माग

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १४ : ४३
अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन पूर्वमन्त्री शर्माको सरकारसँग माग

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन प्रयोग गरी जनताको जीवनरक्षा गर्न सरकारसँग अनुरोध गरेका छन् ।

अक्सिजन अभावले काठमाडौंका अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने र भर्ना भएका बिरामी निकालिरहेका बेला नेता शर्माले विदेशी नियोगको समेत सहायता लिई अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

उनले बुधबार सामाजिक सञ्‍जालमा लेखेका छन्, काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् ।काठमाडौंमा मात्र दैनिक ८ ,१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ ।उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस । 

त्यस्तै जनताको जीवनरक्षाका लागि आफू आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेता शर्माले भनेका छन्, राज्यसँग भएको सम्पुर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरी सम्भव भएका विदेशी नियोग समेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवनरक्षा गर्न आपनो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छु ।

प्रतिक्रिया दिनुहोस