काठमाडौं । भाइरस महामारी झेलिरहेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट सहयोग मिल्ने क्रम जारी छ ।गैरआवसिय नेपाली संघ ओमानले ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल ल्याउने भएको छ ।
नेपालमा अक्सिजन सिलिन्डरको अभाव भैरहेको बताउँदै संघले यस्तो निर्णय गरेको हो ।गैरआवसिय नेपाली सोसल क्लब अध्यक्ष विकल झाले सिलिन्डरको खरिद प्रक्रिया सुरु भैसकेको बताए ।
सिलिन्डर खरिदका लागि ७५ लाख रुपैयाँ खर्च हुने उनले जनाए ।सिलिन्डर पठाउन मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १२ : ५९
लेखकबाट थप