काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरिवाना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
काठमाडौंका पनि सवै प्रहरी युनिटले स्थानिय प्रशासनको आदेश उल्लंघन गर्नेहरुलाई जरिवाना लिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए ।
बिहिबारबाट जरिवानामा थप कडाई गरिने एसपी बस्नेतले बताए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै