काठमाडौं । बाँकेमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।
६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ओलीले बताए ।
खजुरा गाउँपालिका–७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए । वैशाख १० गते गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।यसअघि सोमबार बिहान मात्रै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने आइतबार राति एकजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १३ : ४३
लेखकबाट थप