काठमाडौं । कारोना संक्रमण बढेपछि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा सुनुवाइ गर्दै आएको विशेष अदालतले आफ्ना नियमित सेवा कटौती गरेको छ ।
बिहीबारदेखि अदालतले आफ्ना सेवा कटौती गरेको हो । अदालतले आरोपपत्र÷अभियोगपत्र दर्ता, थुनछेक बयान र आदेश अनुसारको कार्य र म्याद थप मात्र गर्ने भएको छ ।
विशेषले हाललाई मुद्दाको पेसी, पेसी एवं साधारण तारेख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं वारिस अनुमतिलगायतका निवेदन पेसी, धरौटी फिर्ता र रोक्का फुकुवासम्बन्धी सेवा स्थगित गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ बैशाख २०७८, ०७ : ३७
लेखकबाट थप