कोशिष क्षेत्रिको ‘चन्द्र मुहार’ सार्वजनिक (भिडियो सहित)

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, ११ : १३
कोशिष क्षेत्रिको ‘चन्द्र मुहार’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गित ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिष क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्रि आफैले निर्देशन गरेका छन्।  सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्रि र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ। (भिडियो )

 

 

प्रतिक्रिया दिनुहोस