काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड-१९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवासमेत बढी संक्रमित भइरहेको परिस्थितिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ। संघले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रुपमा लागू गर्न माग गरेको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ बैशाख २०७८, ०७ : ५८
लेखकबाट थप