टिपरले एकैपटक तीन गाडीलाई ठक्कर दियो, २ बालिकाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १७ : ३१
टिपरले एकैपटक तीन गाडीलाई ठक्कर दियो, २ बालिकाको मृत्यु

रुपन्देही । सिद्धार्थ राजमार्गमा टिपरले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु१ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट तिलोत्तमा १५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट जन्ती सवार लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा १५ की १० वर्षीया सरस्वती हरिजन र ८ वर्षीया गंगा हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस