काठमाडौं । नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको नेता अर्जुन नरसिंह केसीले बताए । सरकार गठन र अविश्वास प्रस्तावका सन्दर्भमा यसअघिकै निर्णय निरन्तर रहेको र विकल्प खोज्ने प्रयास जारी रहेको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु
उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक आज पनि बस्ने
गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने