चितवनको अयोध्यापुरीमा भगवान रामसीताको मूर्ति प्रतिस्थापन गरिदै

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, ०९ : ४१
चितवनको अयोध्यापुरीमा भगवान रामसीताको मूर्ति प्रतिस्थापन गरिदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासबाट बालुवाटारबाट पुजापाठ गरि ल्याईएको भगवान राम, सिता, हनुमानको मुर्ति आज चितवनको माडी स्थित अयोध्पापुरीमा प्रतिस्थापन गरिदैं छ । 

आज श्रीरामनवमीका अवसरमा पारेर उक्त प्रतिस्थापन गरिन लागेको हो । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित मंगलबार काठमाडौंबाट चितवन ल्याईएको थियो । ।  ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित ल्याएर पवित्र धार्मिक स्थल देवघाटमा राखिएको छ । मुर्ति सहितको रथयात्रा  आज बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ प्र्रस्थापन गरेको छ ।

मुर्तिहरुलाई आज शुभ साइत रहेको १२ः३० बजे  प्रतिस्थापन गरिने कार्यक्रम तय भएको छ । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ नेपालको अयोध्यापुरी रहेको भन्दै मन्दिर स्थापित बनाएर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस