कपडामा आगो सल्किँदा जलेर एक वर्षकी बालिकाको मृत्यु

रासस

मंगलबार, ०७ बैशाख २०७८, १६ : ०३
कपडामा आगो सल्किँदा जलेर एक वर्षकी बालिकाको मृत्यु

दाङ । कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  दाङले  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस