अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयन हुन सकेनः कामु प्रधानन्यायाधीश

शुक्रबार, १६ चैत्र २०७४, २० : २३
अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयन हुन सकेनः कामु प्रधानन्यायाधीश

काठमाडौँ l सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले संविधानले पहिलेदेखि नै अभिव्यक्ति स्वतन्त्रताको विषय राखे पनि व्यावहारिक रुपमा भने प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

नेपाल पत्रकार महासंघको ४३ औँ स्थापना दिवसका अवसरमा जोशीले न्यायालय र प्रेस एकअर्काका परिपूरक भएकाले एकार्काप्रति सकारात्मक भावना हुनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नयाँ प्रेस कानून बन्दै गरेको जानकारी दिए । कार्यक्रममा राजनीतिक दलका विभिन्न प्रवक्ताले पत्रकारमाथि हुने आक्रमणप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक तवरबाट प्रेसमा तगारो आउन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस