नेता खड्काको निधन

शुक्रबार, १६ चैत्र २०७४, १९ : ०२

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।

उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो ।(रासस)

प्रतिक्रिया दिनुहोस