महिला हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

शुक्रबार, १६ चैत्र २०७४, १८ : ५२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानमा महिलाका अधिकारलाई सुनिश्चित गरिएको भए पनि देशका विभिन्न भागमा उनीहरूमाथि हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपालको सामाजिक विकासको अध्ययनका लागि संयुक्त राज्य अमेरिकाबाट एन्जेला लिप्सेको नेतृत्वमा यहाँ आएको एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री थापाले अहिलेको संविधान एसियामै उत्कृष्ट रहेको दाबी गर्दै यसको माध्यमबाट स्थानीय तहमा करिब ४० प्रतिशत, प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशतभन्दा बढी महिलाको सहभागिता बढाएको चर्चा गर्नुभयो ।

मुलुकमा अझैपनि बोक्सी प्रथा, दाइजोप्रथा, वाल विवाहजस्ता प्रथा अझै विद्यमान रहेकाले ती कार्यलाई आफूले सुधार गर्ने दृढता व्यक्त गर्नुभयो ।
छलफलका क्रममा प्रतिनिधिमण्डलले नेपालमा महिला सशक्तीकरण, सामाजिक विकास, शिक्षा, पूर्वाधार, ऊर्जालगायत क्षेत्रको विकासमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

 

प्रतिक्रिया दिनुहोस