धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

शुक्रबार, १६ चैत्र २०७४, १६ : ५०
धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ ।
संसद्मा आजको बैठकमा सांसद खगराज अधिकारीले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई विहीबार गर्नुभएको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव पेश गर्नुभएको थियो ।

सांसद देवप्रसाद गुरुङले समर्थन गर्नुभएको सो प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस