नेपाल टेलिभिजनका अध्यक्ष दाहाललाई मातृशोक

शुक्रबार, १६ चैत्र २०७४, १६ : ४४
नेपाल टेलिभिजनका अध्यक्ष दाहाललाई मातृशोक

चितवन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृशोक परेको छ । दाहालकी आमा टीकादेवी दाहालको आज ६४ वर्षको उमेरमा निधन भएको हो ।

भरतपुर महानगरपालिकाको पार्वतीपुर निवासी दाहाल लामो समयदेखि दमबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको १२ दिनदेखि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार हुँदैआएको थियो ।

टीकादेवीका चार छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष दाहाल परिवारको जेठो छोरा हुनुहुन्छ । अध्यक्ष दाहाल नेपाल जेसिसको राष्ट्रिय अध्यक्षका साथै विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध हुनुहुन्छ । दाहालको आज नै पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस