नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको भन्दै गोली हानी हत्या

शुक्रबार, १६ चैत्र २०७४, १६ : ३४
नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको भन्दै गोली हानी हत्या

बाँके । बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । घटनाको अनुसन्धान शुरु गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस