किन भयो अस्थायी शिक्षकको परीक्षा स्थगित ?

शुक्रबार, १६ चैत्र २०७४, १६ : १५
किन भयो  अस्थायी शिक्षकको परीक्षा स्थगित ?

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि चैत २३ गते तोकिएको परीक्षा स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त परीक्षाा स्थगित भएको सुचना जारी गरेको हो । यसअघि आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गते  दिउँसो १ बजेका लागि तोकेको थियो । आयोगको यो निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले विरोध गर्दै आएका थिए ।  

आयोगले लिने उक्त परीक्षा स्थगित गर्न माग गर्दै आजै तीन ठुला विद्यार्थी संगठनले बृहत प्रदर्शनसहित शैक्षिक हड्ताल घोषणा गरेका थिए ।  विभिन्न संगठनहरुको चर्को विरोधकै बीच आयोगले परीक्षा स्थगित भएको सुचना जारी गरेको छ ।  आयोगले परीक्षा स्थगितबाट पर्न गएको असुविधाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस