सञ्चारकर्मी कर्णलाई पुरस्कार

शुक्रबार, १६ चैत्र २०७४, १२ : २८

 


विराटनगर । एकसठिृऔँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरमा कियाशील एक सञ्चारकर्मीलाई पुरस्कृत गरिने भएको छ ।

यसरी पुरस्कृत हुनेमा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता र मैथिली समाचार संयोजकको रुपमा कार्यरत नवीनचन्द्र कर्ण हुनुहुन्छ । विराटनगरस्थित जिल्ला सहकारी संघ मोरङमा संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो ।

आगामी चैत २० गते वीरेन्द्र सभागृहमा सहकारी दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका बीच कर्णलाई रु पाँच हजार एक नगद राशि र सम्मानपत्रसहित पुरस्कृत गरिने संघका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । कर्ण नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्यसमेत हुनुहुन्छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस