गोरखापत्रलाई प्रतिस्पर्धी बनाउनुपर्छः राज्यमन्त्री बाँस्कोटा

शुक्रबार, १६ चैत्र २०७४, १० : १७
गोरखापत्रलाई प्रतिस्पर्धी बनाउनुपर्छः राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गोरखापत्र संस्थानलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानको निरीक्षणका क्रममा आज उहाँले संस्थानलाई निजी संस्था सरह आत्मनिर्भर बनाउने गरी जिम्मेवारपूर्ण ढङ्गबाट काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“राजनीतिक अस्थिरताको अन्त्यसँगै मुलुक समृद्धिको बाटोमा अगाडि बढेको छ, त्यसैले गोरखापत्र संस्थानलाई अगाडि बढाउन आजकै दिनदेखि सबै मिलेर एक मतका साथ काम गर्न जरुरी छ”–राज्यमन्त्री बाँस्कोटा भन्नुभयो । निरीक्षणमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि हुनुहुन्थ्यो ।

सो अवसरमा संस्थानका अध्यक्ष गोविन्द पोखरेल, महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, गोरखापत्र दैनिकका सम्पादक निर्मलकुमार आचार्यले संस्थानका प्रकाशन तथा गतिविधि बारे राज्यमन्त्री बाँस्कोटालाई जानकारी गराउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस